देश

सिराहामा दलितमाथि विभेद: संसदीय छानबिन समिति गठनको माग

काठमाडौँ । सिराहाको औरहीमा दलित समुदायमाथि भएको विभेदको घटनाको छानबिन गर्न सांसदहरूले संसदीय छानबिन समिति गठनको माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन्।

सांसद जीवन परियारले औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन गर्न माग गरे। सांसद मनिष झाले पनि घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।

सांसद अब्दुल खान, अमरेशकुमार सिंह, सम्झना थपलिया, रणेन्द्र बराली, अशोककुमार चौधरी र प्रभु हजाराले पनि घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरे। उनीहरूले दलित र महिलामाथि भइरहेको अत्याचारप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *