देश

लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव, शान्ति र आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य

काठमाडौँ। लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बिहीबारदेखि ‘लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव’ सुरु हुने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो।

चैत ७ गतेदेखि सुरु हुने महोत्सव विसं २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा सञ्चालन हुनेछ।

महोत्सवमा चैत ८ गते मायादेवी मन्दिर बाहिरको पवित्र उद्यानमा ध्यान सत्र, चैत ९ गते खेलकुद र विकासका लागि अन्तरराष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तरराष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी शान्ति साङ्गीतिक कार्यक्रम, फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोहलगायत विविध कार्यक्रम हुनेछन्। वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने पर्यटन बोर्डले जनाएको छ।

महोत्सवले नेपाल, चीन र अन्य राष्ट्रहरूबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको अवस्था आदानप्रदानलाई प्रोत्साहन गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *