देश

केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियू चुनाव रोक्न उच्च अदालतको अन्तरिम आदेश

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन उच्च अदालतले रोकेको छ। नेविसंघका नेता विष्णु बडैलाले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले चुनाव स्थगित गर्न आदेश दिएको हो।

न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएको हो। यसअघि विवाद भएपछि सर्वदलीय सहमतिमा चैत ८ गते मतदान गर्ने तयारी थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *