स्ववियु निर्वाचन : अखिल हालसम्म ८६ क्याम्पसमा विजयी, कहाँ को ?
संकल्पखबर
६ चैत्र ०९:२८
853
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको धमाधम मतपरिणाम सार्वजनिक भइरहेको छ । हालसम्मको परिणाम अनुसार सत्तारुढ नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले ८६ क्याम्पसमा विजय हासिल गरेको छ ।यीमध्ये केहीमा निर्विरोध निर्वाचित भएका हुन् भने केहीमा चुनाव नै भएको थियो । अनेरास्ववियुका अनुसार कोशी प्रदेशमा १५, मधेशमा ३ र बागमतीमा २० क्याम्पसमा जित हासिल गरेको छ । यस्तै गण्डकीमा ९, लुम्बिनीमा १७, कर्णालीमा ८ र सुदूरपश्चिममा ११ क्याम्पसमा अनेरास्ववियुले जित निकालेको छ ।