काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अवरुद्ध भएको छ। निर्धारित कार्यक्रमअनुसार चैत ५ गते बिहानदेखि मतदान सुरु हुनुपर्ने भए पनि अनेरास्ववियु गठबन्धनले मध्यरातमा क्याम्पसमा तालाबन्दी गर्दै निर्वाचन प्रक्रिया बिथोलेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघले कडा आपत्ति जनाएको छ। नेविसंघका अनुसार विद्यार्थीहरू आफ्नो प्रतिनिधि छान्न उत्साहित रहेका बेला सुनियोजित रूपमा निर्वाचन अवरुद्ध गरिनु लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप हो।
आरआर क्याम्पसबाट नेविसंघका स्ववियु सचिव पदका उम्मेदवार अन्जन बस्नेत र अध्यक्ष पदका उम्मेदवार विनोद राज जोशीले निर्वाचनमा अवरोध सिर्जना गर्ने कार्यको गम्भीर छानबिन गर्न माग गरेका छन्। “विद्यार्थीहरूले लोकतान्त्रिक माध्यमबाट आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकार कुण्ठित गर्नु कुनै हालतमा स्वीकार्य छैन। निर्वाचन बिथोल्ने प्रयासको छानबिन हुनुपर्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेविसंघको चेतावनीः निर्वाचन प्रक्रिया पुनः सुचारु नभए कडा संघर्ष
नेविसंघले सर्वदलीय बैठक आह्वान गरी समस्या समाधान नगरे क्याम्पस प्रशासनविरुद्ध संघर्ष चर्काउने चेतावनी दिएको छ। विद्यार्थीहरूको मतदान अधिकार सुनिश्चित गरिएन भने, हामी जस्तोसुकै कदम चाल्न बाध्य हुनेछौं। यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी कलेज प्रशासनले लिनुपर्नेछ,” अध्यक्ष पदका उम्मेदवार जोशीले भने।
मतदान अवरोधबारे नेविसंघको माग
स्ववियु निर्वाचनमा उम्मेदवार रहेका बस्नेतका अनुसार अनेरास्ववियुले अनावश्यक बहाना बनाई निर्वाचन प्रक्रिया बिथोल्ने प्रयास गरेको छ। विद्यार्थीहरूले आफ्नो प्रतिनिधि लोकतान्त्रिक निर्वाचनमार्फत चुन्न पाउने अधिकारमाथि बन्देज लगाउनु पूर्ण रूपमा अस्वीकार्य छ। प्रशासनले तत्काल निष्पक्ष छानबिन गरी निर्वाचन प्रक्रिया अघि बढाउनु पर्छ, उनले भने।
नेविसंघले प्रशासनसँग तत्काल सहमति गरेर स्ववियु निर्वाचन प्रक्रिया पुनः सुरु गर्न आग्रह गरेको छ। परिवर्तन सम्भव छ। विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा मतदान गर्न दिइनुपर्छ। क्याम्पस प्रशासन मौन बसे विद्यार्थीहरूले आफैं अधिकार सुनिश्चित गर्न पहल गर्नेछन्, बस्नेतले चेतावनी दिए। अब क्याम्पस प्रशासनले निर्वाचन पुनः सञ्चालन गर्ने कि अन्य विकल्प खोज्ने भन्ने विषयमा विद्यार्थी समुदायको चासो बढेको छ।
सामाजिक संजाल फेसबुकमा आरआर क्याम्पस नेविसंघबाट स्ववियु निर्वाचनका लागि सचिव पदमा उम्मेदवारी दिएका अन्जान बस्नेतले यस्तो लेखेका छन् :

नेविसंघ आरआर क्याम्पसले निकालेको विज्ञप्ती यस्तो छ :
घोषणापत्र घोषणापत्र 
घोषणापत्र :










