काठमाडौं । नेपाली कांग्रेसले सर्वदलीय सरकार बनाउने विषयमा कुनै चर्चा नभएको स्पष्ट पारेको छ। बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले अहिले पार्टीभित्र सर्वदलीय सरकार बनाउने विषय नउठेको बताए।
“अहिले विपक्षमा रहेका माओवादीसहित अन्य दलहरू पनि अहिलेकै संविधानको रक्षाको पक्षमा छन्। त्यसैले सरकारमा आउँदा गणतन्त्रपक्षधर बलियो हुने बाहिर हुँदा कमजोर हुने भन्ने परिस्थिति छैन। यो इस्यूमा सबै एकैठाउँमा छौँ,” उनले भने।
उनले कांग्रेस र माओवादी मिलेर सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको बताए। बैठकले व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्णरूपमा क्रियाशील हुने निष्कर्ष निकालेको बताए।




