देश

२५ करोड बराबरको विदेशी मुद्रा बरामद

काठमाडौँ । काठमाडौंमा करोडौं नगदसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौंको टोखा झोर क्षेत्रबाट डलर र युरो गरी करिब २५ करोड बराबरको रकमसहित दुई जनालाई पक्राउ गरेको हो । गाडीमा लुकाइ राखिएको उक्त रकम बरामद गरिएको हो । घटनाबारे विस्तृत विवरण आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *