मुख्य समाचार

इजरायलले गाजामा गरेको आक्रमणमा ३४ जनाको मृत्यु, ७० जना घाइते

इजरायली सेनाले गाजा पट्टीमा फेरि आक्रमण शुरु गरेको छ । उक्त आक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते छन् ।

इजरायली डिफेन्स फोर्सेज (आईडीएफ) ले हमाससँग सम्बन्धित आतङ्कवादी लक्ष्यहरु लाई निशाना बनाएको बताएको छ । जनवरी १९ मा युद्धविराम शुरु भएयता गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो लहर हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मध्य गाजाको देइर अल(बलाहमा तीन वटा घर, गाजा शहरको एक भवन र खान युनिस र राफामा निशाना बनाइएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षा मन्त्री इजरायल काट्जले मङ्गलबार बिहान उक्त आक्रमणको आदेश दिएको इजरायली प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गाजामा सन् २०२५ को १९ जनवरीदेखि युद्धविराम कार्यान्वयनमा आएको थियो । पहिलो चरणको युद्धविराम १ मार्चदेखि समाप्त भएको थियो । दोस्रो चरणको युद्धविरामको प्रयास भइरहेका बेला इजरायलले हमास लक्षित आक्रमण गरेको हो ।

हामसले बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको, साथै अमेरिकी राष्ट्रपतिका दूत स्टीव विटकफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्तावहरूलाई अस्वीकार गरेकोले इजरायलले आक्रमणलाई निरन्तरता दिइएको समाचारमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *