विश्व

इजरायलले गाजामा फेरी शुरु गर्यो आक्रमण

काठमाडौँ । इजरायलले गाजामा पुन: आक्रमण शुरु गरेको छ । इजारयाली डिफेन्स फोर्सले गाजामा पुन: आक्रमण शुरु गरिएको जानकारी दिएको हो ।

फोर्सले भनेको छ- ‘आइडीएफ र आइएसएले हाल गाजा पट्टीमा हमास आतंकवादी संगठनसँग सम्बन्धित आतंकवादी लक्ष्यहरूमा व्यापक आक्रमणहरू गरिरहेका छन् ।’

यसअघि पहिलो चरणको युद्धविरामपछि दोस्रो चरणको युद्धविरामको प्रयास भएपनि वार्ता सफल हुन सकेको थिएन । हमासले पुरानै शर्त अनुसार दोस्रो चरणको युद्धविराम हुनुपर्ने बताएको थियो तर इजरायलले भने अमेरिकाले अगाडी सारेका शर्तहरु अनुसार सहमति गर्न हमासलाई दबाब दिएको थियो । अमेरिकाले हमासको नियन्त्रणमा रहेका सबै बन्धक र मारिएका बन्धकको शव एकैपटक फिर्ता गर्न प्रस्ताव गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *