समाचार

दिप्रुङ चुइचुइम्मा गाउँपालिका वडा न ६ छितापोखरी बास्तोलामा लागेको आगो नियन्त्रणमा, २ गोठ जलेर नस्ट

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुइम्मा गाउँपालिका वडा न ६ छितापोखरि बास्थलामा लागेको आगो नियन्त्रणमा आएको छ । सोमबार सो क्षेत्रमा लागेको आगो स्थानिय बासिन्दार र पालिका प्रहरीको सहयोगमा नियन्त्रमा लिएको  दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रहरीले जनाएको छ ।

सोमबार सो गाउँका हरिमान तामाङले गोठ नजिक झ्यास सल्काउदा आगोको झिल्को उछिट्टिएर भएको आगलागिबाट २ गोठ जलेर नस्ट भएको र जङगलमा समेत आगलागी भएको पालिका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ भने क्षेतीको विवरण भने आउन बाँकी छ । हावा चलेको अवस्थामा खुला स्थानमा आगो नबाल्न र आगोसँग सधैँ सचेत रहन गाउँपालिकाले सबैलाई आग्रह समेत गरेको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *