खेलकुद

वर्षाले नेपाल र हङकङको खेल रद्द

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत तेस्रो स्थानका लागि आइतबार तय भएको नेपाल र हङकङबिचको खेल वर्षाका कारण रद्द भएको छ ।

वर्षाका कारण एन्टेब्बे क्रिकेट ओभलमा तय खेलमा टस समेत हुन सकेन । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा रहेका थिए । यसअघि लिग चरणको दुई भेटमा हङकङ दुई रन र नेपाल ६ विकेटले विजयी भएको थियो ।

सिरजमा नेपालले नामिबियासँग दुवै खेलमा हार खेपेको थियो । घरेलु टोली युगान्डासँग भने एक जित र हारको नतिजा निकालेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *