देश

देश छाड्ने युवाको सङ्ख्या बढ्दो, आर्थिक वर्षको ८ महिनामै किर्तिमानी पलायन

काठमाडौँ।चालु आर्थिक वर्ष २०८१-८२ को ८ महिना (साउन-फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन् । योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको देखिन्छ ।

यो संख्या गत आव २०८०/८१ को यसै अवधिको तुलनामा ६३ हजारभन्दा धेरै हो । अघिल्लो वर्ष ८ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएको देखिन्छ । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिने युवाको संख्या हो ।

नेपालबाट अहिले मासिक औसत ६६ हजार ८ सय ८ युवा काम खोज्दै बिदेसिने गरेका छन् । प्रतिदिन औसत २ हजार २ सय २७ युवाले देश छाडेको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *