विश्व

बिदाई भाषण दिएपछि संसदबाट किन कुर्सी बोकेर निस्किए ट्रुडो

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार लिबरल पार्टीको अधिवेशनमा आफ्नो बिदाई भाषण दिए। त्यसपछि उनले आफ्नो कुर्सी उठाएर संसदबाट बाहिरिएका थिए।

सामाजिक सञ्जालमा ट्रुडो कुर्सी बोकेर बाहिर निस्किएको तस्बिर भाइरल भएको छ। तस्बिरमा उनी क्यामेरातिर जिब्रो निकालेर देखाइरहेका छन्।

क्यानडाको संसदीय परम्परा अनुसार सांसदहरूले पद छोड्दा आफ्नो कुर्सी लैजान पाउने प्रचलन छ। राजनीतिक विश्लेषकहरूले ट्रुडोको यो कदम आसन्न निर्वाचनको संकेत हुन सक्ने बताएका छन्।

बिदाई भाषणमा ट्रुडो भावुक देखिए। उनले विगत १० वर्षमा सरकारका उपलब्धिहरूलाई उल्लेख गर्दै पार्टीका समर्थकहरूलाई सक्रिय रहन आग्रह गरे।

लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई नयाँ नेता चयन गरेको छ। ८५.९% मत प्राप्त गरेका कार्नी क्यानडाका नयाँ प्रधानमन्त्री बन्नेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *