खेलकुद

साफ यू-१९ ड्र: नेपाल र भारत एउटै समूहमा

काठमाडौँ ।साफ यु-१९ च्याम्पियनसिप फुटबलको ड्र मंगलबार सार्वजनिक गरिएको छ। साफ यू-१९ को सार्वजनिक भएको ड्रअनुसार नेपाल र भारतले एकै समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन्।

भारतको अरुणाञ्चल प्रदेशमा आयोजना हुने प्रतियोगितामा यो पटक ६ टोलीले सहभागिता जनाउँदै छन्। गत वर्ष नेपालले आयोजनाको जिम्मेवारी पाएको थियो। प्रतियोगिता ८ देखि १७ मार्चसम्म आयोजना हुनेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यु-२० को नाममा प्रतियोगिता आयोजना भएको थियो। फाइनलमा नेपाललाई ४-१ ले पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो।

यसपल्ट भने पाकिस्तानले प्रतियोगितामा सहभागिता जनाउने छैन। सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’मा माल्दिभ्ससँगै भुटान र साबिक विजेता बंगलादेश रहँदा समूह ‘बी’मा आयोजनक भारतसँगै साविक उपविजेता नेपाल र श्रीलंका रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *