देश

मालपोत कार्यालयका दुई कर्मचारी घुस रकमसहित पक्राउ

काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजना ३५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई घुस रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँसहित कार्यालयबाटै दुवै जनालाई घुस रकमसहित पक्राउ गरेको स्रोतले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *