देश

संचारिका समुह मधेश प्रदेशको अध्यक्षमा पुन: बराल निर्वाचित

महोत्तरी ।संचारिका समुह मधेश प्रदेशको अध्यक्षमा हेम कुमारी वराल(सुनिता) निर्वाचित भएकी छन् ।

महोत्तारीको बर्दिवासमा  आज भएको दोश्रो अधिवेशनले बरालको नेतृत्वमा १४ सदस्य निर्वाचित गरेको हो ।

अघिल्लो कार्यकाल समेत नेतृत्व गरेकी बरालको यो दोश्रो कार्यकाल हो । त्यस्तै उपाध्यक्षमा सुधा देव, माहासचिवमा यमुना खनाल, सचिवमा कविता खडका, कोषाध्यक्षमा लक्ष्मी चौधरी निर्वाचित भएको संचारिका समूह मधेश प्रदेशले जनाएको छ ।

सदस्यहरुमा भने सारदा पोखरेल, निलिमा पौडेल, विना श्रीवास्तव, विनिता कामत, पुस्तिका थापा, रन्जना खतिवडा, पुनम चौधरी, अनिता देवकोटा र  रिना आले निर्वाचित भएको संचारिका समूह की केन्द्रिय प्रतिनिधि सलोजा दाहालले जानकारी दिईन ।

महिला पत्रकारहरुको साझा संस्था संचारिका समुहले देशैभरिका महिलाहरुको पत्रकारिताको व्यावसायिक क्षमता विकासको लागि काम गर्दै आएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *