देश

मधेशका गृहमन्त्री लेखीको सुरक्षामा खटिएका असईको मृत्यु

धनुषा । मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । आइतबार राति ११ बजेको समयमा अचानक पेट र छाती दुखेका असई वीरेन्द्रकुमार यादवको मृत्यु भएको हो ।

यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ। राति पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो । थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *