खेलकुद

गेटाफेसँग हार्यो एटलेटिको म्याड्रिड

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत उपाधि दौडमा रहेको एटलेटिको म्याड्रिड गेटाफेसँग पराजित भएको छ ।

आइतबार राति सम्पन्न खेलमा गेटाफेले एटलेटिको म्याड्रिडमाथि २-१ गोल अन्तरको रोमान्चक जित हासिल गरेको हो ।

गेटाफेको जितमा दुवै गोल माउरो अरामबारीले गरेका थिए । उनले खेलको ८८औ र ९२औ मिनेटमा गोल गरेका थिए ।

यसअघि एटलेटिकोका लागि एलेक्जान्डर सोरलोथले खेलको ७५औं मिनेटमा गोल गरेका थिए । यस खेलमा खेलको ८८औ मिनेटमा एन्जल कोरियाले रातो कार्ड पाएपछि एटलेटिको म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।

यो हारपछि एटलेटिको म्याड्रिडको २७ खेलमा ५६ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै गेटाफेको २७ खेलमा ३३ अंक भएको छ र लिगमा ११औ स्थानमा उक्लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *