देश

‘स्पष्टीकरण’को ‘चक्कर’: कुलमानद्वारा जवाफ पेस, मन्त्रालयको ‘कदम’ के?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । गत बिहीबार उर्जा मन्त्रालयले घिसिङलाई सोधेको स्पष्टीकरण घिसिङले आइतबार बुझाएका हुन् ।

गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्न उर्जामन्त्रीलाई भनेको थियो । सोही अनुरुप बिहीबार उर्जा मन्त्रालयले घिसिङलाई स्पष्टीकरण सोधेको थियो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *