देश

राजाबादीको गतिबिधि बढे पछि प्रचण्ड काठमाडौं फर्किए

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं प्रस्थान गरेका छन् ।

जनकपुरस्थित बिमानस्थल हुदैँ माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं प्रस्थान गरेको नेता मातृकाप्रसाद यादवले जनाएका छन ।

तराइ मधेसको हुलाकी राजमार्ग केन्द्रित आन्दोलन अचानक स्थगित गरेर प्रचण्ड काठमाडौं आउन लागेका हुन् । उनले हिजो रौतहटमा स्थगित हुनु अघिको अन्तिम कार्यक्रममा सहभागी भएका थिए ।

काठमाडौंमा राजावादीहरूको गतिबिधि बढे पछि प्रचण्ड कार्यक्रम स्थगित गरी काठमाडौं फर्केका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *