मुख्य समाचार

काठमाडौंको चन्द्रागिरीमा कवाड कारखानामा आगलागी

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१० बोसीगाउँस्थित हिराकाजी महर्जनको जग्गामा भाडामा लिएर सञ्चालन गरिएको आर.एम. बि प्लाष्टिक प्याकेजिङ हाउसमा गएराति १:२० बजे आगलागी भएको छ।

पुष्पा श्रेष्ठ र उनका श्रीमान रमेश पोदारद्वारा सञ्चालन भइरहेको उक्त कारखानामा मध्यरातको समयमा लागेको आगो बिहान ६ बजे पूर्णरूपमा नियन्त्रणमा आएको छ, काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहोराले जानकारी दिएका छन्।

आगो निभाउन ७ वटा दमकल र १५ वटा पानी ट्यांकर घटनास्थलमा पठाइएको थियो। दमकल परिचालनका लागि चन्द्रागिरि नगरपालिका, विशाल बजार वारूण यन्त्र, बालाजुको बारूण यन्त्र, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, बौद्ध रामहिटी र बुढानीलकण्ठबाट दमकल र दमकलकर्मीहरू मागिएका थिए।

नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका १० जना स्थानीयले सहयोग गर्दै आगो निभाउन काम गरेका थिए। सात वटा दमकलबाट पाँच घन्टामा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको एसपी बोहोराले जानकारी दिएका छन्।

आगो नियन्त्रणमा आएपछि अहिले क्षतिको विवरण संकलन भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *