देश

पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न महासंघको आग्रह

काठमाडौं । प्रश्न सोधेको आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीमाथि अमर्यादित शब्द प्रयोग गरेको भन्दै दुई पत्रकारको पास निलम्बन गरिएको छ ।

गत फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको हो ।

पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए-नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको भएको महासंघले बताएको छ ।

काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष पत्रकार महासंघले आग्रह समेत गरेको छ ।

साथै, महासंघले पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पत्रकार तथा सञ्चारमाध्यमको ध्यानाकर्षण समेत गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *