देश

कार्यव्यवस्था समितिको बैठक जारी, बुधबार पाँच अध्यादेश पेश हुने

काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था समितिको बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित कानुन समितिको हलमा जारी बैठकमा प्रतिनिधिसभाको बुधबारको बैठकका लागि कार्यसूची बारे छलफल भइरहेको छ ।

बुधबारको बैठकमा सरकारले यस अघि जारी गरेका पाँच अध्यादेश पेश गर्दै छ । सत्तारुढ दलकै विरोधका कारण सरकारले संसदको यस अधिवेशनको पहिलो बैठकबाटै स्वीकृत गराउने भनेका अध्यादेश अहिलेसम्म ल्याएको थिएन । सोमबार बसेको सत्ता पक्षका दलहरुको बैठकले भुमीसम्बन्धि अध्यादेश बाहेक अन्य अध्यादेश संसदबाट स्वीकृत गराउन सहमति गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *