खेलकुद

नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघले यहि मार्च २१ मा नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने जानकारी दिएको हो । यो खेल सिंगापुर नेशनल स्टेडियममा हुने छ ।

नेपालले मार्च २५ मा मलेसियासँग खेल्न लागेको एएफसी एसियन कप क्वालिफायर्सको तयारी खेलको रुपमा नेपालले सिंगापुरसँग खेल्न लागेको एन्फाले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *