देश

सशस्त्र प्रहरी विधेयकमा ५८ वटा संशोधन प्रस्ताव दर्ता

काठमाडौँ।सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा ५८ वटा संशोधन परेको छ । यो बिहीबार बेलुकी ५ बजेसम्मको संशोधन प्रस्तावको संख्या हो ।

संशोधनहरू प्राप्त भइसकेपछि एकीकृत गरेर सभामुखबाट स्वीकृत गराउनुपर्छ । संशोधन प्रस्ताव अगाडि बढाउन सभामुखबाट स्वीकृति प्राप्त भएपछि संशोधन प्रस्ताव र विधेयक एकसाथ दफावार छलफलमा जानेछन् ।

यो विधेयकमाथि यही फागुन १२ गते प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । छलफलपश्चात् प्रतिनिधि सभाले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो । यो सँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्ने समय पाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *