खेलकुद

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपालविरुद्ध म्यानमारको पहिलो गोल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपालविरुद्ध म्यानमारले पहिलो गोल गरेको छ । उपाधिका लागि बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको फाइनल खेलमा म्यानमारले खेलको दोस्रो हाफमा पहिलो गोल गरेको हो ।

लिग चरणमा अपराजित रहँदै फाइनलमा स्थान बनाएका नेपाल र म्यानमार यसअघि पनि एकअर्कासँग भिडिसकेका छन् । नेपालले लेबनान र किर्गिस्तानलाई समान १(० को अन्तरले पराजित गर्दै उपाधि दौडमा आफ्नो दावेदारी प्रस्तुत गर्‍यो ।

म्यानमारले लेबनानलाई ३(१ तथा किर्गिस्तानलाई ५(० ले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *