काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले बिना निम्तो खेल हेर्न मैदानमा नआउन भीभीआईपी र भीआईहरूलाई आग्रह गरेको छ ।
फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि बुधवार नेपाल र म्यानमार भिड्दैछन् ।
बिना निम्तो विशिष्ट व्यक्तिहरू मैदानमा आउँदा व्यवस्थापनमा कठिनाइ हुने भन्दै बिना निम्तो नआउन आग्रह गरेको हो ।
बुधबार फाइनल खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।




