खेलकुद

ओलीको जन्म दिनमा केक काटेर केपी ओली कप’ फुटबल प्रतियोगिता उद्घाटन

काठमाडौं । काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजबाट ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु हुँदैछ ।आइतबार प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो ।
समारोहमा पचास पाउन्डको केक काटिएको थियो । उनले बिहानै सामाजिक सञ्जालबाट अन्य केही कार्यक्रम नराखिएको र एन्फा कम्प्लेक्समै आयोजित कार्यक्रम शुभारम्भ गरेका हुन् ।

उद्घाटन समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकारको समेत उपस्थित रहेको छ ।प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेदेखि उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने जनाइएको छ । प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *