काठमाडौं । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ ।शनिवार यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा (एमाले) का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोर्कापण गरिएको हो ।
शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यले लेखेको किताबबाट आफूप्रति रहेको माग (डिमाण्ड) थाहा पाएको बताए ।आफुप्रति राधिकाका केही मागहरु रहेको किताब पढेपछि थाहा पाएको ओलीले बताए ।
उनले भने,“केही इच्छाहरु रहेछन्, अब जन्मदिनमा फूल दिउँ भने भोलिपल्ट थाहा पाउँछु, सम्झिएर दिए हुन्थ्यो भन्ने उनलाई पर्दो रहेछ, भन्दिए हुन्थ्यो भन्ने मलाई पर्थ्यो। म सम्झिन नसक्ने उनले नसम्झाउने । अब ३७ वटा जन्मदिन विवाद उत्सव यसैगरी बिते, उनले मेरो जन्मदिन चाहिँ सधै भव्यताको साथ मनाउने ५० औं जन्मदिनबाट, म जहिलेबाट गम्भिर बिरामी हुन थाले त्यसबाट हरेक जन्मदिन, बुढाबुढीले भन्छन् नि अर्को वर्ष के होला होला । ” आफु जतिको श्रीमतीसँग खुशी मान्छे कोही नभएको त्यसक्रममा प्रधानमन्त्री ओलीले बताए ।




