विश्व

ज्याकमा सार्वजनिक जीवनमा फर्किए, चीनको रणनीति फेरिएको संकेत?

चिनियाँ राष्ट्रपति सी चिनफिङ र अलिबाबाका संस्थापक ज्याक मा लामो समयपछि एकसाथ देखिएपछि विभिन्न अड्कलबाजी सुरु भएका छन्।

सन् २०२० मा चीनको वित्तीय प्रणालीको आलोचना गरेपछि सार्वजनिक जीवनबाट हराएका ज्याक मा हालै सरकारी कार्यक्रममा देखिएका हुन्। यसलाई निजी व्यवसायहरूमाथि चीनको कडा नीति खुकुलो हुनसक्ने संकेतका रूपमा हेरिएको छ।

सीले प्रविधि र व्यापारिक विकासलाई प्राथमिकता दिँदै उद्यमीहरूप्रति सकारात्मक संकेत दिएका छन्। विश्लेषकहरूका अनुसार चीनले प्रविधि क्षेत्रमा नियन्त्रण कम गर्दै विदेशी प्रतिबन्धको सामना गर्न निजी क्षेत्रलाई बलियो बनाउन खोजेको देखिन्छ।

ज्याक माको पुनरागमनले प्रविधि र आर्थिक क्षेत्रमा नयाँ मोड आउने सम्भावना बलियो बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *