विश्व

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता

काठमाडाैँ । दिल्लीको मुख्यमन्त्री पदका लागि रेखा गुप्ताको नाम तय भएको भारतीय सञ्चार माध्याम दैनिक भास्करले जनाएको छ। स्रोतको हवला दिंदै भास्करले आरएसएसले सिफारिस गरेको उक्त नाममा भाजपाले सहमति दिएको उल्लेख गरिएको छ।

विधानसभा निर्वाचनको ११ दिन पछि आज साँझ ७ बजे भाजपाको विधायक दलको बैठकमा मुख्यमन्त्रीको नाम घोषणा गर्ने कार्यक्रम रहेको छ। भोली सपथ तय भएपनि आधिकारीक रुपमा अझै मुख्य मन्त्रीको सपथ कस्ले लिन्छ तय भएको छैन।

मुख्यमन्त्रीको शपथ बिहीवार रामलीला मैदानमा दिउँसो १२स्४५ मा हुने कार्यतालिका रहेको छ। दिल्लीका मुख्य सचिवले पठाएको निमन्त्रणामा मुख्यमन्त्रीसँगै मन्त्रीहरुको पनि सपथ ग्रहणको कार्यक्रम रहेको छ। सपथ समारोहमा ३० हजार पाहुनाहरुको उपस्थिति हुने जनाइएको छ।

आज साँझ हुने बैठकमा क्याबिनेट मन्त्रीहरुको समेत नाम घोषणा हुने जनाइएको छ। भाजपाबाट विधायक बनेकी रेखा गुप्ताले भाजपामा सिएम पदका लागि कोही दाबेदार नभएको र यो पार्टीले निर्णय गर्ने विषय भएको उल्लेख गरिकी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *