देश

सचिव कुट्ने वडाध्यक्ष पक्राउ

काठमाडौं । कर्मचारी कुटपिटको आरोप लागेका तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पक्राउ परेका छन् । वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका हुन् ।

घटनापछि सोमबार नै वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको तनहुँका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालको आरोप छ ।

कुटपिटबाट वडासचिव भुसालको गालामा चोट लागेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *