देश

ओडिशा घटनामा सहयोग र समन्वय गरिरहेका छौं- नेपाली दुताबास

काठमाडौँ । भारतस्थित नेपाली दुताबासले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारको विषयमा आवश्यक सहयोग र समन्वय भइरहेको जनाएको छ ।

दुताबासले सोमबार एक विज्ञप्ति जारी गर्दै घटनाको जानकारी हुनासाथ दूतावासले उक्त शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिहरुसँग छलफल गरेको उल्लेख गर्दै विश्वविधालयले विद्यार्थीहरुलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको जनाएको छ ।

साथै दुताबासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरुसंग निरन्तर सम्पर्क गरिरहेको र प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकहरुलाई केही समस्या भएमा दुतावासमा सम्पर्क गर्न आग्रह गरको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *