देश

भारतको कलेजबाट निकालिएका नेपाली विद्यार्थी अलपत्र

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएपछि कलेजविरुद्ध आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीहरु अपलपत्र परेका छन् ।

आइतबार बुटवलकी प्रकृति लम्सालको कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । लम्साल मृत भेटिएपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन गरेका थिए । नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेजले उनीहरुलाई निष्काशन गरेको थियो ।भारतीय सञ्चारमाध्यम डीएनए इन्डियान्यूजका अनुसार विद्यार्थीले आफूहरु बिचल्लीमा परेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *