देश

कुम्भ मेलाबाट फर्किँदै गरेको नेपाली सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ । भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु सवार गाडी दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ ।

कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटनामा परेको थियो । गाडीमा सवार यात्रुहरु रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका थिए ।

मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेका छन् । यस्तै, सवारी चालकसहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा देवदह भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।

उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको छ ।

गाडी चालक निदाएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *