देश

बर्दियामा एकल महिलाको घरभित्रै हत्या, खाँबोमा बाँधिएको अवस्थामा भेटियो शव

काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँमा हत्या गरिएको अवस्थामा घरभित्रै एक महिलाको शव फेला परेको छ ।

स्थानीय ५१ वर्षीया राधा बोहोराको घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी (डीएसपी) ऋषिराम घर्ती मगरले जानकारी दिए । उनका अनुसार घरभित्र कपडाले घाँटीमा बाँधेर हत्या गरी खाँबोमा बाँधेर बाहिरबाट ताल्चा लगाएको अवस्थामा महिलाको शव भेटिएको हो ।

पतिसँग सम्बन्धविच्छेद भएपछि घरमा एक्लै बस्दै आइरहेकी मृतक राधा बोहोराकी एक छोरी अमेरिकामा रहेको स्थानीयले जानकारी दिएका छन् । घटनाका सम्बन्धमा प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान अगाडि बढाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *