विश्व

दक्षिण–पूर्वी अमेरिकामा बाढीबाट ९ जनाको मृत्यु

काठमाडौं । दक्षिण–पूर्वी अमेरिकामा मुसलधारे वर्षापछि आएको बाढीबाट ९ जनाको मृत्यु भएको छ ।

केन्टकी राज्यका गभर्नर एन्डी बेशियरले आफ्नो राज्यमा आठ जनाको मृत्यु भएको बताउँदै मृतकको संख्या बढ्न सक्ने भन्दै सबैलाई सचेत रहन अपिल गरेका छन ।

दक्षिण पुर्वी अमेरिकाको केन्टकी, जर्जिया, अलाबामा, मिसिसिपी, टेनेसी, भर्जिनिया, पश्चिम भर्जिनिया र उत्तरी क्यारोलिना बाढीबाट प्रभावित भएका हुन । बाढीका कारण केन्टकी राज्यका सयौं घरहरु डुबानमा परेका छन् । बाढीले अधिकांश भागहरू डुबाएपछि हजारौं प्रभावित भएको प्रहरीले जनाएको छ ।

बाढीमा फसेका हजारौंको उद्धार कार्य जारी छ । राज्य सरकारले बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको जनाएको छ । मौसम सेवाले वर्षा अझै केही दिन जारी रहने भएकाले सतर्क रहन अपिल गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *