खेलकुद

आईपीएल २०२५ को पूरा खेल तालिका सार्वजनिक

काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआइ) ले इन्डियन प्रिमियर लिग अर्थात आइपीएल २०२५ को तालिका जारी गरेको छ ।

प्रतियोगिताको १८ औं सिजन मार्च २२ बाट सुरु हुनेछ। यस सिजनमा, मार्च २२ देखि मे २५ सम्म १० टोलीहरू बीच ७४ खेलहरू खेलाइनेछ।

यस सिजनको पहिलो खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच कोलकाताको इडेन गार्डेनमा खेलिनेछ।

प्रतियोगिताको फाइनल खेल पनि मे २५ मा कोलकाताको इडेन गार्डेनमा खेलिनेछ। कोलकाता नाइट राइडर्स आइपीएलको १७ औं सिजनको च्याम्पियन हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *