देश

सिजन राईलाई मर्न बाध्य बनाएको आरोपमा एक महिला प्रहरीको नियन्त्रणमा,गम्भिर आरोप

काठमाडौं । दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा न.६ छितापोखरी सेम्माका ३१ वर्षीय सिजन राईलाई मर्न बाध्य पारेको आरोपमा जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङले एक महिलालाई भक्तपुरस्थित टिकाथलीबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा टिकाथलीस्थित घर भएकी अनुमानित ३४\३५ वर्षीय नानु राई रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार उनलाई गत शुक्रबार नियन्त्रणमा लिइएको हो । अहिले आरोपित नानुराईमाथि पाँच दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रहरीको नियन्त्रणमा परेकी राई सोही वडाकी एक विवाहित महिला हुन् । उनी सिङगापुर बेलाबेला आउने जाने र काठमाडौँमा नै बस्दै आएकी थिइन् । सिङ्गापुर उनी एक सम्बन्धका कारण जान्थिन । पीडितका परिवारले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङले अभियुक्तलाई खोजतलास गर्न प्रहरी टोलीलाई काठमाडौं पठाएको सुचना पाएपछि उनी जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएको प्रहरीले जनाइएको छ ।

मृतक राईको परिवारका एक सदस्यले गत माघ २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङ (दिक्तेल)मा मृतक राई सिजनले लेखेको सुसाईड नोटका आधारमा आत्महत्या गर्न बाध्य बनाएको भन्दै निष्पक्ष छानबिनका लागि जाहेरी दिएका थिए ।

मृतक राईले आत्माहत्या गर्नु अघि लेखेको नोटमा प्रहरी नियन्त्रणमा रहेकी नानु राईले वैदेशिक रोजगारीमा युके पठाइदिने भन्दै २५ लाख रुपैँया लिएको र अब सात लाख फिर्ता गर्न बाँकी, नेपाली पासपोर्ट र भारतीय पासपोर्ट प्रयोग गरिरहेको, र आफूलाई घरको सिसा पुच्छे काममा दिनरात लगाउने गरेको,रातमा राम्ररी सुत्न समेत नदिएको ,काममा गर्न मात्र टर्चर दिने र भक्तपुरबाट घरसम्म जान नदिने गरेको सुसाईड नोटमा उल्लेख गरिएको स्रोतले जनाएको छ ।

सोही कारणले आफू मर्न बाध्य भएको नोटमा उल्लेख गरिएको जनाइएको छ । मृतक राईले बैँकमार्फत २५ लाख आरोपित राईलाई पैसा पठाएको र ६ महिनादेखि पैसा फिर्ता माग्दा पनि पुरै पैसा फिर्ता नगरेको र युके पनि नपठाएको पीडित परिवारका एक सदस्यले बताए । प्रहरीमा उजुरी पर्ना साथ जिल्ला प्रहरी कार्यालय खोटाङले अनुसन्धान अगाडी बढाएको थियो । सो विषयमा अनुसन्धानका विभिन्न निकायले अनुसन्धान गरेर फैसला गर्ने छन । अनुसन्धानलाई सहयोग गर्न सबैले सहयोग गर्नुपर्छ । नागरिक समाज,प्रहरी प्रशासन , अदालत र राजनीतिज्ञहरुले शक्ति, सत्ता र पावरका आधारमा पीडितलाई अन्यायमा पारेर पीडकलाई न्याय दिनुहुँदैन् । सन्तुलित न्यायको सिद्धान्त अनुसार कानुनी उपचारमा सबैले ध्यान दिनु महत्वपूर्ण हुन्छ । प्रहरीले सुसाइड नोट र बरामद भएको मोबाइल समेत परिक्षणका लागि विधीविज्ञान प्रयोगशाला काठमाडौं पठाइसकेको छ ।

प्रहरीमा उजुरी परेको थाहा पाएपछि आरोपित नानु राइले सामाजिक संचाल फेसबुकमा यस्तो लेखेकी थिइन्:

मृतक राई मर्नुभन्दा अगाडी निकै लामो समयदेखि काठमाडौँतिर नै बस्दै आएका थिए । मृतक राई विवाहका लागि आफ्नो घर खोटाङ गएका थिए । तर मृतक राईले विवाहको मिति नजिकि रहेको बेला सबैकुरा उज्यालो देखेनन् ।

माघ ११ गते मध्याह्न १२ बजेबाट गाउँतिर जान्छु भनि हिँडेपछि सम्पर्कविहीन बनेका राई माघ १२ गते बिहान ९ बजेको समयतिरघर देखी अनुमानित ५०० मिटर उतर पर्ने चैते उजुल सामुदायिक बनमा अंगेरीको रुखमा मखलरको पासो लगाइ झुण्डिएको मृत्यु भएको अवस्थामा छिमेकिले फेला पारेका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय छितापोखरीलाई स्थानीयले जानकारी गराएपछि प्र।स।नि।टेक बहादुर बि.क.को कमाण्डमा टोलि खटि गई घटनास्थल सुरक्षित राखेको थियो । त्यसपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागी इलाका प्रहरी कार्यालय खोटाङबजार बाट प्र.नि.मोहन कुमार बोहराको कमाण्डमा टोलिले घटनाको स्थलगत निरिक्षण गरेको थियो ।

निरिक्षण सकेर शव परिक्षणका लागि इन्द्रेणि आधारभुत अस्पताल खोटाङबजार पठाइएको थियो । मृतक राईका बुबा देवराज राईले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खोटाङ बजारमा उजुरी दिएका थिए भने सुसाइड नोटका आधारमा आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धान गर्नका लागि पनि बुबा देउराज राईले जिल्ला प्रहरी कार्यालय खोटाङ (दिक्तेल)मा जाहेरी दिएका थिए । अहिले सो विषयमा जिल्ला प्रहरी कार्यालय खोटाङले अनुसन्धान गरिरहेको छ ।

खोटाङमा हात्माहत्याका घटनाहरु बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले आत्महत्या न्युनीकरणका लागि जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा सचेतनामुलक कार्यक्रमहरु सँचालन गरिरहेको छ । मरेर समस्या समाधान नहुने र परिवार,समाज र देशलाई नै ठूलो क्षेत्ति पुग्ने भएकाले नागरिकहरुले स्वयम सचेत हुन जरुरी छ । कसैले कोहीमाथि विभिन्न किसिमका धाक धम्की,बलात्कार , दुरुत्साहन, कुटपिट गरेमा र आफूलाई असुरक्षित महसुस भए नजिकैको प्रहरी चौकी, नागरिक समाज, स्थानीय जनप्रतिनिध र सबैभन्दा पहिले आफ्नो घरपरिवारलाई जानकारी गराउनु आवश्यक हुन्छ ।

रिसमा एक किसिमको केमिकल उत्पादन हुन्छ सो कारण त्यो विषमा पैदा हुने र छिनभरमा अनेक घटना घट्न सक्ने भएकाले रिस उठेमा पानी पिउने, सामाजिक संचालमा रमाईला कुराकानी हेर्ने,समाचार पढ्ने, साथिभाई,छरछिमेकीसँग राम्ररी कुराकानी गर्ने बानीको विकास गर्नु उत्तम हुन्छ ।

समाजमा पनि कसैको मृत्यु भएमा कतिपय मानिसहरुले उल्टै मृतकका परिवारलाई प्रेरणा दिनुको सट्टा उल्टै अरुलाई दुरुत्साहन गर्ने गतिविधि बढिरहेको छ । त्यस्तो कार्यले समाजमा नकरात्मक असर पु¥याउँछ । त्यसैले कसैको दुःखमा ताली बजाउनुभन्दा पीडितको आलो घाउमा मलम लगाउने चरित्रको विकास गर्न आवश्यक छ ।

यस्ता घटनाका समाचारहरु समाजमा आगामी दिनमा त्यस्ता किसिमका घटनाहरु हुन नदिन र समाजको चेतनाको स्तरमाथि उकास्नका लागि लेखिएका हुन्छन् । पीडितको निष्पक्ष छानबिनका लागि सबैलाई सचेत गराएको हुन्छ । तर समाजमा घटेका सत्य घटनाका बारेमा समाचार नै लेखेको भरमा पत्रकारमाथि राजनीतिक दबाब, धाक धम्की दिदैँ र परिवारमाथि दुरुत्साहन गर्ने किसिमका अभिव्यक्तिहरु समेत सामाजिक संजाल फेसबुक लगायत अन्य माध्यमबाट छरपस्ट पारिएका छन् ।

संजालको दुरुपयोग गरेर समाजमा द्वन्द्व निम्त्याउने, अशान्ति फैलाउने गरेका गतिविधीलाई न्युनीकरण गर्न सरकारले चाँडो सामाजिक संजाल नियमनलाई प्रभावकारिताका साथ संसदबाट पारित गरी वास्तविक रुपमा प्रयोगमा ल्याउन आवश्य देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *