देश

मन्त्री पौडेल र मेयर आचार्यको उपचार जारी, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौ। पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार पोखराबाट जलन घाइते भई कीर्तिपुर अस्पतालमा दिउँसोको ३ः३० बजे पौडेल तथा आचार्य सघन उपचार कक्षमा भर्ना भएको अस्पतालले जनाएको छ ।

उनीहरुको प्रारम्भिक मूल्याङ्गन अनुसार ५ देखि ६ प्रतिशत जलेको साथै अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता भएको अस्पताले विज्ञप्तिमार्फत जनाएको छ । उपचारमा प्रा.डा. प्रविण गिरीलगायतका सघन उपचार कक्षको टोली, प्रा.डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादवलगायतको जलन विशेषज्ञहरुको टोली, डा. प्रयुस अर्याललगायतका आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जनलगायतको नर्सिङ्ग टोली संलग्न छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *