देश

यान्त्रीकरणको माध्यमबाट मात्रै कृषिको विकास सम्भव छ : कृषिमन्त्री

काठमाडौं । कृषि, तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रलाई यान्त्रीकरणको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने बताएका छन् ।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भर बन्न यान्त्रीकरणको जरुरी रहेको बताएका हुन् ।

उनले एक्स्पोले कृषि क्षेत्रको विकास गर्न महत्वपूर्ण जानकारी दिने विश्वास राखेको बताए । उनले यान्त्रीकरणको माध्यमबाट मात्रै कृषिको विकास हुनेकुरा सबैले स्वीकार्नुपर्ने बताए ।

उनले सामान्य भन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रीकरणकै माध्यमबाट अगाडि जानसके आत्मनिर्भरताका लागि मात्रै नभइ व्यवसायिक खेतीका लागि र नेपालीहरु बचाउनका लागि नेपालीहरुको भान्सामा पुग्न सकिने बताए ।

उनले प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिनसक्ने वातावरण तयार गर्ने सरकारको उद्देश्य रहेको बताए । मन्त्री अधिकारीले एक्स्पोले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ठूलो टेवा पुग्ने र यस किसिमको प्रदर्शनीहरु ग्रामिण क्षेत्रमा पनि गर्न जरुरी रहेको बताए ।

मन्त्री अधिकारीले भने,‘आज जुन एक्स्पो भइरहेको छ, भृकुटीमण्डपमा । हामीले सबै भ्रमण गरेका छौँ । मलाई लाग्दथ्यो, कृषिमा विकास कुन ढंगबाट गर्न सकिन्छ ? भन्ने विषयमा एउटा चिन्ता र चासो पनि थियो । तर आज भ्रमण गरिसकेपछि धेरै सन्दर्भहरु, विशेष गरी यान्त्रीकरणको माध्यमबाट मात्रै कृषिको विकास हुने रहेछ । हामी गोरु जोतेर हुर्किएको मान्छे । एक हल गोरु नारेर जोतेर त्यसबाट उत्पादन भएको चिज खाने र त्यसैबाट चल्ने गर्दथ्यौँ । त्यो होइन रहेछ ।

अहिले हामीले गोरु पालेर र जोतेर मात्रै हुने रहेनछ । यान्त्रिकरणको विशेष विकास भइसक्यो । हामीले सामान्य भन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रीकरणकै माध्यमबाट अगाडि जानसके हामीले आत्मनिर्भरताका लागि मात्रै नभइ व्यवसायिक खेतीका लागि र नेपालीहरु बचाउनका लागि नेपालीहरुको भान्सामा हामी आफैँ पुग्नसक्छौँ । प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिनसक्ने वातावरण तयार गर्ने सरकारको उद्देश्य छ । यो एक्स्पोले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ठूलो टेवा पुगेको छ । मन्त्रालयबाट के कस्तो सहयोग गर्नुपर्ने हो त्यसका लागि मन्त्रालय तयार छ । यस्तो एक्स्पो ग्रामिण तह, सातै प्रदेशमा लैजानसके झनै फाइदा हुनेछ ।’

प्रदर्शनी आईतवारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *