देश

त्रिशुलीमा मोटरसाइकल खस्यो, भारतीय सेनामा आवद्ध राना बेपत्ता

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको २ किलोबाट मोटरसाइकल त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

सडक छेउमा बनाइएको वालमा ठोक्किएर बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको हो ।

घटनास्थलमा भेटिएका कागजपत्रबाट मोटर साइकल चालक लमजुङ चन्द्रेश्वर –३ का २७ वर्षीय रोहित राना रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी भारतीय सेनामा आवद्ध रहेको परिचयपत्र घटनास्थलमा भेटिएको छ । प्रहरी, सशस्त्र प्रहरी र गोदाखोरको टोलिले उद्दार कार्य जारी राखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *