देश

भारतीय उर्जामन्त्रीको नेपाल भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय उर्जामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणपछि मात्रै हुने भएको छ ।

बिहीवार राति भारतको भ्रमण सकेर स्वदेश फकिएका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले चाँडै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने बताएका हुन् । छिटै नै भारतीय उर्जामन्त्री नेपाल आउने र त्यसपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने बताए ।

‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका मन्त्री खड्काले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरु (विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग) सँग भेट गरेको र ठूला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिए । उनले भारतीय उर्जामन्त्री चाँडै नेपाल आउने तय भएको जानकारी पनि दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *