देश

काठमाडौँ-कुलेखानी-फाखेल-हुमाने सडक स्तरोन्नति कार्यका लागि बन्द

मकवानपुर । काठमाडौँ-कुलेखानी-फाखेल-हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उहाँले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । कुलेखानी-सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *