देश

केयूकेएललाई बबरमहलको क्षतिग्रस्त सडक पुनःस्थापना गर्न डिभिजन सडक कार्यालयको पत्र

काठमाडौँ ।डिभिजन सडक कार्यालय काठमाडौँले क्षति भएको सडक पुनःस्थापना गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई पत्र काटेको छ।

विद्युत् प्राधिकरणको गल्तीले केयूकेएलको पाइप फुटेपछि बबरमहलस्थित सडक क्षतिग्रस्त भएको छ। अरनिको राजमार्गको माइतीघर तीनकुने सडकखण्डको बबरमहल क्षेत्रमा क्षतिग्रस्त भएको सडक यथाशीघ्र पुनःस्थापना गर्न भनेको हो।

केयूकेएलको पाइप फुट्दा सडकमा क्षति पुगेकाले त्यो निर्माण गर्ने काम पनि केयूकेएलको भएको डिभिजन सडक कार्यालयको भनाइ छ।

उक्त सडकखण्ड यातायात सञ्चालनको दृष्टिले अति संवेदनशील क्षेत्र रहेको भन्दै डिभिजन सडकले पाइप फुटेर जलमग्न हुन थालेपछि बन्द गर्न भने पनि लामो समयसम्म पानीको बहाव नरोकिएकाले थप क्षति हुन पुगेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *