देश

२० वर्षीय युवकले आफ्नै आमाको हत्या गरे , छोरा पक्राउ

रुपन्देही । रूपन्देहीको कञ्चन गाउँपालिकामा एक २० वर्षीय युवकले आफ्नै आमाको हत्या गरेका छन् । प्रहरीका अनुसार कञ्चन गाउँपालिका–१ सुन्दर टोलका २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीले परियारले हँसिया प्रहार गरी आमाको हत्या गरेको जानकारी दिएको छ। सरोजले बुधबार राति करिब १ बजेतिर पार्वतीको आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरमा मृतक पार्वती र सरोज मात्रै बस्दै आएका थिए । सरोज पार्वतीका कान्छो छोरा हुन् भने जेठो छोरा रोजगारीको लागि भारतमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले घटनालगत्तै उनलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *