काठमाडौं।आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले सरकारसँग वार्ता गर्नका लागि टोली गठन गरेको छ।
बुधबार बसेको समितिको बैठकले ५ सदस्यसीय वार्ता टोली गठन गरेको हो।टोलीको संयाेजकमा संघर्ष समितिका सह-सचिव प्रविन दहित थारू रहेका छन्।
सदस्यहरूमा रूपा चाैधरी, लेखबहादुर चाैधरी, गंगावती चाैधरी र सिला चाैधरी रहेका छन्।माघ २० गतेदेखि माेही हक माग गर्दै दाङका स्वर्गद्वारी गुठीपीडित काठमाडौंको माइतीघरमा धर्नारत छन्।
गुठीपीडितसँग वार्ता गर्न सरकारले मंगलबार वार्ता समिति बनाएको थियो।





