देश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

पाण्डेलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलासले ले मागबमोजिमको आदेश दिन अवस्वीकार गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि थुनामै छन् । सो प्रकरणमा पक्राउ परेका हाइप्रोफाइल नेता बालकृष्ण खाँण भने धरौटीमा रिहा भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *