देश

सरकारले गर्‍याे १७ सहसचिवको सरुवा, को – कहाँ ?

काठमाडौं । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत १७ सहसचिवको सरुवा गरेको हो ।

सरकारले अर्थ मन्त्रालयसहित विभिन्न मन्त्रालयका सहसचिव, प्राविधिक मन्त्रालय तथा सेवाका सहसचिवको समेत सरुवा गरेको छ । सहसचिवको सरुवाका क्रममा अर्थ मन्त्रालयअन्तर्गतका दुई ठूला विभागका महानिर्देशक पनि हेरफेर भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् । रिक्त दुई वटै विभागमा अर्थ मन्त्रालयले अरु कुनै सहसचिवलाई महानिर्देशकको जिम्मेवारी दिने तय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *