
काठमाडौं ।नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा परेको छ । उनीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनउपर सुनुवाईका लागि आज न्यायाधीशद्वय सपनाप्रधान मल्ल र विनोद शर्माको १ नम्बर इजलासमा तोकिएको पेशीसँगै ‘अग्राधिकरण’ दिइएको थियो ।
तर, उक्त मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ । न्याय परिषद्ले लेनदेनका आधारमा न्यायाधीश नियुक्त गरेको गम्भीर आरोप लगाएपछि सर्वोच्चका तत्कालीन उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले गत असोज १४ गते उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।